सशस्त्र प्रहरीद्वारा एक लाख भन्दा बढीको मालसामान बरामद

सशस्त्र प्रहरीद्वारा एक लाख भन्दा बढीको मालसामान बरामद

संजय कुशवाहा / नवलपरासी १७ फागुन

पश्चिम नवलपरासी जिल्लाको बिभिन्न स्थानबाट करीब १ लाख ८५ हजार १ सय ७० रूपैयाँ मुल्य बराबर अवैध मालसामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. पश्चिम नवलपरासी मातहत बि.ओ.पि.गुठिप्रसौनी , बि.ओ.पि.भुजहवा र सुरक्षा वेश सेमरीबाट जिल्ला पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका वडा न.२ सिसनिया ,वडा न. ६ कठहवा र सरावल गाउँपालिका वडा न.६ भटौलिया ईलाकाहरुमा खटिई गएको मोवाईल तथा पैदल गस्ति टोलिले भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउँदै गरेको १ लाख ८५ हजार १ सय ७० बराबरको लत्ताकपडा, चिनी, ज्वेलरीका सामानहरु र कस्मेटिक्स सामानहरु बरामद गरी आवश्यक कारबाहीको लागी महेशपुर भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. पश्चिम नवलपरासीले जनाएको छ ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker