छिन्नमस्त बाहिनीमार्फत ३ महिनामा १२ करोड ६५ लाख राजश्व दाखिला

छिन्नमस्त बाहिनीमार्फत ३ महिनामा १२ करोड ६५ लाख राजश्व दाखिला

सशस्त्र प्रहरी बलको नम्बर २ छिन्नमस्ता बाहिनीले पछिल्लो ३ महिनामा अवैध रूपमा भारतबाट नेपाल भित्रिने तथा नेपालबाट भारततर्फ तस्करी हुन लागेका विभिन्न सामग्री लगायतका सामानहरू बरामद गरी १२ करोड ६५ लाख रुपैयाँ राजश्व दाखिला गराएको छ ।

३२ नम्बर प्रदेशमा रहेको बाहिनीले २०७७ मंसिर १५ गतेदेखि फागुन १५ गतेसम्म अवैध रूपमा भित्रिएका पशु चौपाया, सवारी साधन र सवारी साधनको १ करोड ३६ लाख र अन्य सामानहरूको ७ करोड २० लाख २२ हजार ८९५ सहित ३ महिनामा १२ करोड ६५ लाख ६१ हजार ५२५ रुपैयाँ राजश्व दाखिला गरेको बाहिनीले जनाएको छ । 

यसबीचमा ६ नम्बर गण सप्तरी, ७ नम्बर गण सिरहा, ८ नम्बर गण धनुषा, ९ नम्बर गण महोत्तरी, १० नम्बर गण सर्लाही, ११ नम्बर गण रौतहट, १२ नम्बर गण बारा र १३ नम्बर गण पर्साले २ सय ६० केजी गाँजा, २ हजार १८८ वटा डाइजेपाम, २ हजार ३३३ वटा फेनार्गन, २ सय पत्ता नाईट्रोभेट लगायतका लागूऔषध बरामद गरेको छ भने यसबीचमा नक्कली पेस्तोल १ नाल, कुटुवा पेस्तोल २ नाल, सेमी अटोमेटिक पेस्तोल १ नाल र  २ राउण्ड म्याग्जिन बरामद गरेको छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र डीआईजी चन्द्रप्रकाश गौतमले जानकारी दिनुभयो।

यसका साथै भन्सार छली गरेका ट्याक्टर १६ वटा, मोटरसाइकल ९३ वटा, पिकअप भ्यान ८ वटा, अटो गाडि १४ वटा, साइकल ४७ वटा  र कार ३ वटा नियन्त्रणमा लिएर भन्सार कार्यालयमा दाखिला गरेको बाहिनीले जनाएको छ । लोकान्तर अनलाइन बाट

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker