डा.विष्णु मूर्ति भट्टराईको शब्द रचनामा गायक दिप गज्मेरकाे ‘घरबार’ म्युजिक भिडियो सार्बजनिक

सर्जक डा. विष्णु मूर्ति भट्टराईको नयाँ गीत ‘घरबार’ सार्वजनिक भएको छ । उक्त गीतमा गायक दिप गज्मेर र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । दिपकराज विश्वकर्माको संगीत तथा एरेन्ज रहेको घरबार बोलको गीतमा र्यापर जगत तिरुवाले पनि साथ दिएका छन ।
गीतको म्युजिक भिडियो पनि निकै राम्रो बनेको छ ।

मुनाल शिशिर कोइरालाले निर्देशन गरेको म्युजिक भिडियोलाई सुजन श्रेष्ठले छायांकन गरेका छन् जुन म्यूजिक भिडियोमा चक्र बम, सिर्जना जिसी, सुरेन्द्र बस्यालको उत्कृस्ट अभिनय देख्न सकिन्छ । भिडियोलाई सिलाम लम्सालले सम्पादन गरेका हुन भने सुरेन्द्र बस्यालले कोरियोग्राफी गरेका छन । गीतमा प्रेमीले प्रेमिकालाई सुख दुख घरबार गरी सँगै बस्न आग्रह गरेका छन ।

तर प्रेमिकाले भने देखाउनलाई घरबार गर्ने प्रेमीको भरमा कसरी पर्ने भन्दै शंका व्यक्त गरेकी छन । प्रेममय भावले ओतप्रेत रहेको यो गीत एस थ्री के इन्टरटेनमेन्ट प्रालिको अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक भएको छ । गीत निकै राम्रो बनेको र दर्शक श्रोताले मन पराउने सम्पूर्ण टीमले अपेक्षा लिएको छ । गीतले राम्रो सफलता पाओस सम्पूर्ण टिमलाई धेरै शुभकामना ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker