एसपी अधिकारि एक्सनमा आउदा तस्करहरुको अबैध मालसमान धमाधम पक्राउ।

एसपी अधिकारि एक्सनमा आउदा तस्करहरुको अबैध मालसमान धमाधम पक्राउ।

चैत्र ७गते शनिबार २०७७ नवलपरासी ।

पश्चिम् नवलपरासी स.प्र.बल नेपाल नं.२६ गण हे.क्वा.सशस्त्र प्रहरी प्रमुख एसपी महेश अधिकारीले तस्कर विरुद्ध खरो उत्रिएका छ्न। तस्करहरुको बिगबिगी बढेको सूचना पाए लगतै एसपी अधिकारी सिमा तिर निगरानी बढाएको बुझिएको छ। त्यस्तै जिल्ला मातहत रहेको बि.ओ.पि इन्चार्ज हरुलाइ तस्कर विरुद्ध खरो उत्रिन एसपी अधिकारीले निर्देशन समेत दिएका छ्न। एसपी अधिकारीको बिशेष निर्देशनमा जिल्लाको विभिन्न ठाउँ बाट ५लाख २८हजार ७सय मूल्य बराबरको अबैध मालसामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै स.प्र.बल नेपाल मातहत स.प्र.बल नेपाल बि.ओ.पि.गुठिप्रसौनी र स.प्र.बल नेपाल सुरक्षा वेश सेमरीबाट र प्रतापपुर गाँउपालिका-६ हरपुर र बर्दघाट नगरपालिका-४ चिसापानी ईलाकाहरुमा खटिई गएको मोवाईल गस्ति टोलिले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याई लुकाई छिपाई राखेको अवस्थामा विशेष सुराकीको आधारमा अन्दाजी मुल्य रु ५,२८,७००।- (पाँच लाख अठ्ठाईस हजार सात सय मात्र) बराबरको लत्ता कपडा टप्स-५४ पिस, कुर्ता सुरुवाल १५ पिस, फाईवर डसना १० पिस¸थानको कपडा -४ रोल (५६० मि.), लेडिज कुर्था सुरुवाल-९६ पिस बरामद गरी आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी सूचना आधिकारी माधव रेग्मीले बताए ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker