नवलपुरको मध्यबिन्दु नगरपालिका – ४ घोम्पुरामा स्थित अम्रेला बृज पार्क होटेल एण्ड रेष्टुरेण्ट सञ्चालनमा

नवलपुरको मध्यबिन्दु नगरपालिका - ४ घोम्पुरामा स्थित अम्रेला बृज पार्क होटेल एण्ड रेष्टुरेण्ट सञ्चालनमा

निशा भण्डारी
मध्यबिन्दु , १५ चैत । नवलपुरको मध्यबिन्दु नगरपालिका – ४ घोम्पुरामा स्थित अम्रेला बृज पार्क होटेल एण्ड रेष्टुरेण्ट सञ्चालनमा आएको छ । केहि दिन देखि सर्वसाधरणका लागि टिकट खुल्ला गरेर पार्क संचालनमा आएको कार्यकारी निर्देशक सुरज भन्तनाले बताएका छ्न।

उक्त पार्कभित्र विभिन्न मनोरम दृश्य, बस्नका लागि कटेज, कार्यक्रम गर्नका लागि सानो हल, शौचालय तथा मनोरञ्जनात्मक दृष्यहरु निर्माण गरिएका छ्न।

बाँधको पुलसँगै हेर्न र दृष्य लिन मिल्नेगरी डिलमा रेलिङ पुलमा रंङ्गीचङ्गी सजाईएको आकर्षक छाता संगै झिलिमिली बत्ती, साना ठुला झुला , लिङ्गे पिङ्ग , टिकटक बनाउन लेखिएको स्थान, खोलामा ढुङ्गा सयर विभिन्न फोटो खिच्ने मिल्ने ठाउँहरु रहेका छ्न ।

बिसेसत अहिलेका युवा- युवतीहरूका लागि अम्रेला बृज पार्कका मुख्य आकर्षण केन्द्र बनेको छ ।
जेष्ठ नागरिकहरुका लागि विश्राम लागी प्रतिक्षालय पनि पार्कमा निर्माण गरिएको छ । युवायुवतीका लागि पार्कभित्र खान बस्न र पार्क भित्रका दृश्यहरू अवलोकनका लागि विभिन्न संरचनाहरू निर्माण भएका छन् ।

पार्कमा शान्त वातावरण , चारैतिर मनोरम दृश्य देखिने नजिकै उल्टी खोलामा ढुङ्गा सयर पनि सञ्चालनमा आएको छ । यसले सबैको मन जित्ने सञ्चालकको भनाई छ ।

सञ्चालक भन्तनाले पार्कभित्र भेज र नन भेजका फरक–फरक खानाहरु सञ्चालन गरेका छन् ।
पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सञ्चालकले पूर्वका घुम्न योग्य ,थारू भिलेज , अमलटारी , सौराहा , लगायतका पर्यटकीय स्थलहरूमा प्याकेजमा भ्रमण गराउने समेत बताए ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गको चोरमाराबाट करिब ५ किलो मिटर दक्षिणमा रहेको अम्रेला बृज पार्क औपचारिक रुपमा उद्घाटन नभए पनि यतिबेला सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ।

पार्कमा आएर फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने र भिडियो खिचेर टिकटक बनाउनेको संख्या यतिबेला ह्वात्तै बढेको छ । सञ्चालक भन्तनाका अनुसार कावासोती , गैंडाकोट , दुम्किवास , चोरमारा , डण्डा अरुणखोला लगायतका बजारबाट दैनिक करिब १०० देखी १५० को हारहारीमा पार्कको अवलोकन गर्न सर्वसाधारणहरू आउन थालेका छन् ।

जिल्लाकोे पहिलो परिचित अम्रेला बृज १० कठ्ठा जग्गा लिजमा लिएर , सुरज भन्तना , बिष्णु चौधरी, गोपि अर्याल , रेवत राम चौधरी , हरि नारायण महतो लगाएतका पाँच जना युवाहरु मिलेर सञ्चालनमा ल्याएको पार्कलाई पर्यटकको आकर्षण गर्न विवाह गर्ने, विभिन्न प्रकारका उत्सव मनाउने, पिकनिक खाने, तालिम, गोष्ठी, सेमिनार र विभिन्न सभा समारोह , गेस्ट हाउस ,साप्ताहिक लाईव म्युजिक, स्ट्रेज प्रोग्राम समेत सञ्चालनमा ल्याउने भन्तनाले बताए ।

जिल्लाकै प्रमुख गन्तव्यका रुपमा यस ठाउँलाई विकास गर्ने योजनामा आफुहरुले करिव १५ लाख लगानीमा हाल सञ्चालन भएको यस पार्कलाई अझै व्यवस्थीत बनाउन १ करोड रुपैयाँ लगानी गर्ने भावी योजना सहित ३ बिगा जग्गा लिजमा लिएको बताए ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker