
सुरेश परियार,
परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपालीले ‘अन्तरराष्ट्रिय अवार्ड’ प्राप्त गर्नुभएको छ । केही दिन अघि काठमान्डौमा सम्पन्न ११ औँ अन्तरराष्ट्रिय सम्मेलन तथा अवार्ड कार्यक्रममा बरिष्ट दलित अभियान्ता लोक बहादुर नेपालीलाई भारतको प्रतिष्ठित भारतीय दलित साहित्य एकेडेमीले “इन्डो नेपाल फ्रेण्डसिप अन्तरराष्ट्रिय अवार्ड’बाट सम्मानित गरेको आयोजकले जनाएको छ ।
सामाजिक क्षेत्रमा उदारणीय कार्य गरेको र दलित समुदायहरुलाई राज्यको मुलधारमा ल्याउन अतुलनीय योग्दान गरेको भन्दै नेपालीलाई भारतीय दलित साहित्य एकेडेमी मोनीका सेक्रेटरी महेन्दर सिंह र फरमर एमपि ऋषिबाबु परियारले संयुक्त रुपमा अवार्ड प्रदान गर्नुभएको हो ।करिब २ दशक देखि सामाजिक क्षेत्रमा क्रियाशिल भएकै कारण अवार्ड प्राप्त गरेको सम्मानीत लोक बहादुर नेपालीले बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछुत विरुद्ध,राज्यको मुलधारमा दलित समुदायलाई ल्याउन र सिलाई ब्यवसायीलाई संस्थागत गर्न निरन्तर लागी परेको नेपालीले उल्लेख गर्नुभयो । अवार्ड पाए संगै सामाजिक क्षेत्रमा अहोरात्र कटिबद्ध हुन थप उर्जा पैदा भएको समेत तर्क उहाँले गर्नुभयो।