
पश्चिम नवलपरासी-नवलपरासीमा सिमा क्षेत्रबाट अबैधरुपमा ल्याईरहेका सामानहरु सशस्त्र प्रहरी बल नवलपरासीले धमाधम नियन्त्रणमा लिन थालेकाे छ ।
सशस्त्र प्रहरी बल नवलपरासीले निकै कडारुपमा निगरानी बढाएपछि नवलपरासीमा तस्करीमा कमि आएकाे स्राेत बताएकाे छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर नवलपरासी पश्चिमका गणपति सशस्त्र प्रहरी उपरीक्षक महेश अधिकारीले जिल्ला कमान्ड सम्हाले पछि जिल्लामा शान्ति सुरक्षा, सीमा सुरक्षा, सीमा अपराध, विपत व्यवस्थापन तथा अवैध मालसामान नियन्त्रण जस्ता विषयहरुलाई प्राथमिकता मा राखी कार्य सम्पादन गर्दै आउनु भएकाे छ।
सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा.पश्चिम नवलपरासीबाट खटिगएको मोवाईल गस्ती टोलिले बिशेष सुराकीको आधारमा भारतबाट अवैध रुपमा भन्सार छली लुकाई छिपाई नेपालतर्फ ल्याई जिल्ला पश्चिम नवलपरासी सरावल गाँउपालिका १ बासा लैजादै गरेको अवस्थामा मुल्य रु.६,१४,८०५।- (छ लाख चौध हजार आठ सय पाँच) बराबरको लत्ताकपडाहरु(थानको कपडा- ४० थान, सर्टको थान कपडा ३० थान, लेडिज टप्स ३८४ पिस, मेक्सि १५०पिस, कुर्ता सुरुवाल ३१ पिस, साडि ९ पिस) बरामद गरी आवश्यक कारवाहिको लागी महेशपुर भन्सार कार्यालयमा बुझाईएको (सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर नवलपरासी पश्चिम ) उक्त गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी गराउनु भयो।