पोषण तथा खाद्य वितरण कार्यक्रम सम्पन्न

नगेन्द्र केसी भुजौली रुपन्देही
शुध्दाेधन गाउँ पालिका रुपन्देहीको पहलमा र श्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सशर्त चालू अनुदान अन्तर्गत बहुक्षेत्रीय पोषण तथा खाद्य सुरक्षा निर्देशन अनुसारकाे कार्यक्रम कार्यान्वयन गर्न यश शुध्दाेधन गाउँ पालिका भित्र रहेका सुनौलो हजार दिनका विपन्न आमाहरू लाई पोषिलाे खाद्यवस्तु वितरण गर्न यश गाउँ पालिकाकाे वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशन समितिको बैठकबाट तपसिल सुनौलो हजारदिनका विपन्न आमाहरूकाे नाम छनौट गरि गाउँ पालिकाकाे सातै वडा हरुका आमाहरुलाई पौष्टिक आहार वितरण कार्यक्रम सम्पन्न गरिएको छ। बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका आर्थिक कठिनाइ भोगेका वडा नः१मा २४जना वडा नःमा २४ जना वडा नः३ मा २२ जना वडा नः४मा ३७ जना वडा नः५मा २४ जना वडा नः६मा २० जना र वडा ७मा २४ जनागरी १७५ जना आमाहरूलाई ३ केजि चना,५ केजि आटा,२ लिटर तेल,४ वटा साबुन,२ केजि नुन, १ बट्टा चवनप्रास र एक थान झोला वितरण गरिएको शिक्षा शाखा शुध्दाेधन प्रमुख चन्द्रकान्त शर्माले जानकारी दिए । कोरोनाको महामारीको समयमा आर्थिक कठिनाईले पौष्टिक आहारको नपाएका र सुनौली १००० दिनका आमाहरु र उनका बच्चाहरुलाई लक्षीत गरि सहयोग गरिएको चन्द्रकान्त शर्माले बताए।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker