चिसापानीको जग्गा सार्वजनिक सम्पती बनाउन” ध्यानाकर्षण”

चिसापानीको जग्गा सार्वजनिक सम्पती बनाउन" ध्यानाकर्षण"

नवलपरासी २१ भदौ। बर्दघाट २-चिसापानी ढेडारीफाटको जग्गा सार्वजनिक बनाउन माग गर्दै बर्दघाट नगरपालिका क्रियाशिल ६दलले आइतबार सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छ्न।

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासी बर्दघाट नगरपालिका र बर्दघाट नगरपालिका वडा न:२ लाई ६दलले ध्यानाकर्षण गराएका हुन। नेपाली काग्रेस बर्दघाट नगर कार्य समितिका सभापति शम्भु लाल श्रेष्ठको नेतृत्वमा पुगेका ६दलका नगर अध्यक्ष तथा प्रतिनिधिको टोलिले प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्याल बर्दघाट २कि वडा अध्यक्ष दया दर्लामिको ध्यानाकर्षण गरेको क्रान्तिकारी माओवादीका बर्दघाट नगर सेक्रेटरी राम चन्द्र पोखरेलले जानकारी दिनु भयो ।

विहीवार नेकपा (क्रान्तिकारी माओवादी) बर्दघाट नगर समितिले उक्त जग्गा सार्वजनिक बनाउन कब्जामा लिएको घोषणा गरेको थियो ।
यस अघि नगरमा क्रियाशिल सत्तारुढ दल बाहेकका ६ दलको बैठकले ८ बिगाहा २ कट्ठा १२ धुर जग्गा सार्वजनिक गर्न संर्घषका कार्यक्रम गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार कार्यक्रम ध्यानाकर्षण गर्ने कार्यक्रम सम्पन्न गरिएको काग्रेस नगर सभापति श्रेष्ठले बताउनुभयो । नेपाली काँग्रेस, नेकपा (क्रान्तिकारी माओवादी ) , जनता समाजवादी पार्टी, राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी राष्ट्रिय जनमोर्चाले जग्गा जोगाउन ध्यानाकर्षण गरेका हुन । टोलीलाई प्रमुख जिल्ला अधिकारी पाठकले सार्वजनिक महत्वको बिषय रहेकोले सार्वजनिक जग्गा भए बेच्न नदिइने बताएको एक सहभागीले बताए । त्यस्तै बर्दघाट नगरपालिकाका नगर प्रमुख बस्यालले उक्त जग्गा नगरकै महत्वपूर्ण जग्गा रहेकोले तारबार गरी संरक्षण गर्ने प्रतिबद्धता गरेको पोखरेलले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker