एलियनहरु पृथ्वीमा कब्जा गर्ने उद्देश्यले आए भने मानिससँग बच्ने कुनै पनि विकल्प नहुने चेतावनी

काठमाडौं। पृथ्वीमा अन्य ग्रहका जीव अर्थात एलियन देखिएका धेरै दावीहरु गरिएका छन् । विभिन्न समयमा पृथ्वीमा एलियन देखिएका र उडन तश्तरीहरु आएका विषयमा धेरै कुराहरु सुन्न पाइन्छ । तर, एक युएफओ विशेषज्ञले भने निकै डरलाग्दो दावी गरेका छन् । युएफओ विशेषज्ञ निक पोपले यदि एलियनहरु पृथ्वीमा कब्जा गर्ने उद्देश्यले आए भने मानिससँग बच्ने कुनै पनि विकल्प नहुने चेतावनी दिएका छन् ।

पोपका अनुसार एलियनले पृथ्वीलाई ओखरलाई जस्तै फुटाइदिनेछन् । अमेरिकी रक्षा मन्त्रालयको लागि युएफओको अनुसन्धान गर्ने विशेषज्ञ पोपका अनुसार यदि अन्य ग्रहका प्राणीले पृथ्वीमाथि आक्रमण गरे भने मनुष्य जातिको लागि यो आक्रमणको सामना गर्नु असम्भव हुनेछ किनकि उनीहरुको हतियार र प्रविधि हाम्रो भन्दा अरबौं वर्ष अगाडि हुन सक्छ । डेलीस्टारमा प्रकाशित एक रिपोर्टका अनुसार पोपले एलियनका हतियार अत्यन्तै उन्नत हुने र हामीलाई त्यो जादुजस्तै लाग्ने बताएका छन् ।

यसअघि गत महिना युएस स्पुक्सले युएफओका विषयमा एक रिपोर्ट प्रकाशित गरेको थियो । यो रिपोर्टमा २००४ पछि अमेरिकी सैन्य पाइलटहरुले १४३ पटक हावामा अज्ञात वस्तुहरु देखेको र यी वस्तुले एलियनको आक्रमणको आशंका बढाएको दावी गरिएको थियो । रिपोर्टमा यो अमेरिकी सेनाको लागि खतरा हुन सक्ने बताइएको थियो ।

यसअघि एक वैज्ञानिकले पनि एलियनसँग सम्पर्क गर्ने प्रयास गर्दा मानव जाति नै समाप्त हुने चेतावनी दिएका थिए । भौतिक विज्ञानी मार्क बुकाननले यदि एलियन छन् भने तिनीहरुसँग गरिने सम्पर्कले पृथ्वीमा जीवन समाप्त पार्न सक्ने बताएका थिए । बुकाननले चेतावनी दिँदै अन्य ग्रहका प्राणीहरुसँग सम्पर्क नगर्न भनेका थिए । पछिल्लो समय अन्य ग्रहका प्राणीहरुसँग सम्पर्क गर्ने विषयमा जोड दिइएको बताउँदै उनले यो मानवताको लागि खतरा हुन सक्ने चेतावनी दिएका थिए ।

उनले यदि त्यहाँ जीवन भए त्यो मित्रवत छ भनेर कसले भन्ने भनेर प्रश्न उठाएका छन् । बुकाननका अनुसार हामी एलियनहरुको जुन सभ्यतासँग सम्पर्क गर्ने कोसिस गरिरहेका छौं ती सभ्यता हामी मानिसहरुको तुलनामा कैयौं गुणा धेरै विकसित हुन सक्ने सम्भावना छ । यस विषयमा बेलायत सरकारले भने युएफओका विषयमा जाँच सुरु गर्ने कुनै योजना नभएको बताएको छ ।

पोपका अनुसार ब्रह्माण्ड करिब १४ अर्ब वर्ष पुरानो हो । यसमा मनुष्य जातिका साथै अरु पनि सभ्यता हुन सक्छन् जो हामीभन्दा पुराना हुन सक्छन् । पोपका अनुसार मानिसले पछिल्लो २–३ सय वर्षमा घोडाबाट गाडी हुँदै हवाइजहाजसम्मको यात्रा तय गरेको छ । हामी समुद्रबाट अन्तरिक्षसम्म पुगेका छौं भने अन्य पुराना सभ्यता कति अगाडि पुगे होलान् भन्ने कल्पना गर्न सकेत नसकिने उनले बताएका छन् ।डिसि नेपाल मा प्रकाशित समाचार

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker