सैनामैनामा जमिन मुनी लुकाई राखेको ठुलो परिमाणमा सालको गोलिया बरामद

बुटवल । रुपन्देहीको सैनामैना काठ तस्करीको कैनद्र बन्दै गएको छ । निजी सवारी साधनबाट सालको गोलिया निकासी हुँदै गरेको अवस्थामा पक्राउ परेको दोस्रो दिन जमिन मुनी ठुलो परिमाणमा सालको गोलिया फेला परेको छ ।

जिल्ल प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय सालझण्डीको संयुक्त टोलिले सैनामैना नगरपालिका ११ पिपलडाँडा स्थित फोहोर फ्याक्ने डम्पिङ साईडमा जमिन मुनि सालको काठ फेला पारेको हो । ईलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीबाट प्रहरी निरीक्षक दिवाकर रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले जमिनमुनि लुकाई छिपाई राखेको १३ गोलिया ९४।५३ क्यू फिट सालको काठ बामद गरेको प्रहरीले जनाएको छ । प्रहीका अनुसार बरामद भएको काठको अन्दाजी मुल्य २ लाख ३५ हजार रहेको छ ।

बरामद भएको अबैध सालकोकाठ आवश्यक कारवाहीको लागि कञ्चन सव( डिभिजन बन कार्यालय फायरलाईन रुपन्देही पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले बताए ।खबर कुरा बाट साभार

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker