ईन्सपेक्टर रिजालको अर्को सफलता, मोटरसाइकल चोरी गर्ने पक्राउ

२७, भदौ सैनामैना

पार्किङ गरी राखिएको मोटरसाइकल चोरी गरी फरार रहेको गिरोह लाइ इलाका प्रहरी कार्यालय सालझन्डीले रुपन्देहीको कंचनबाट पक्राउ गरेको छ ।

बुटवल २ लायन्सचोकबाट गत भदौ २३ गते झोल मम रेस्टुरेन्ट अगाडी पार्किङ गरी राखिएको लु ३१ प ७१२६ नम्मरको मोटरसाइकल चोरी गरी फरार भएका ४ जनालाइ प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा कंचन गाउपालिका वडा नं. २ बिजयनगर निवाशी २२ बर्षिय प्रकाश बिटालु, सोही बस्ने २५ बर्षिय समरुद्धिन मिया, अर्का २५ बर्षिय साहारुख खान मिया र सुद्धोधन १ बस्ने २५ बर्षिय रामश्रीस मल्लाह पक्राउ परेका हुन् ।इलाका प्रहरी कार्यालय सालझन्डीका प्रहरी निरिक्षक दिवाकर रिजालको सकृयतामा खटिएको टोलीले उनिहरुलाइ २५ गते कंचन गाउपालिका देउराली सामुदायिक बन नजिकैबाट पक्राउ गरिएको हो ।

तिलोत्तमा निवाशी प्रदिप कुवरले बाइक हराएको भनि दिएको निबेदनका आधारमा खोजतलासीका क्रममा उनिहरुलाइ पक्राउ गरिएको प्रहरी निरिक्षक रिजालले जानकारी दिनुभयो । पक्राउ परेका उनिहरुलाइ जिल्ला अदालत रुपन्देहीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उहाले बताउनुभयो ।साझाटिभि बाट साभार

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker