रुपन्देहीको एक सलाई फ्याक्ट्रीमा आगलागी

बुटवल । बुटवल उपमहानगरपालिका–१५ मा रहेको एक सलाई फ्याक्ट्रीमा आगलागी भएको छ । मंगलबार राति ८ बजेको समयमा महालक्ष्मी मैच फ्याक्ट्रीमा आगलागी भएको प्रहरीले जनाएको छ । ४ वटा दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेपनि यो समाचार तयार पार्दा सम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

आगो नियन्त्रणका लागि बुटवल उपमहानगर,लुम्बिनी सांस्कृतिक नगरपालिका,तिलोत्तमा नगरपालिका र गैडहवाका दमकलहरु आगलागी स्थलमा पुगेका छन् । आगलागी नियन्त्रणका लागि सिद्धार्थनगर नगरपालिकाको थप दमकल सहित थप सुरक्षाकर्मी पठाउने तयारी भएको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker