नेपालको संविधान २०७२ अपुर्ण रहेकाले मुस्लिम,थारु, मधेसीसंग अहिले पनि भेदभाव कायमै :- अध्यक्ष उपेन्द्र यादव

इमरान खान कपिलवस्तु २६ कात्तिक । नेपालकाे संविधान २०७२ अपुर्ण रहेकाले राज्यमा मुस्लिम ,थारु, मधेशीसंग अहिलेपनि भेदभाव कायमै रहेकाे जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवकाे भनाई छ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु क्षेत्र ३ ले आयाेजना गरेकाे पार्टी सुदृढीकरण तथा जनजागरण अभियान एवं अगुवा कार्यकर्ता तथा पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि रहेका जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले मन्तव्य राख्ने क्रममा राज्यले अहिलेपनि मधेश जनआन्दोलन विपरित संविधान जारी गरि विभिन्न तरिकाले मुस्लिम ,थारु, मधेशीसंग भेदभाव कायमै राखेकाे बताउनुभयाे । कार्यक्रममा बाेल्दा अध्यक्ष यादवले नेपालमा राजनिति सत्ता प्राप्तमा मात्र केन्द्रीत रहेकाेले अब समावेशी , संघिय संरचनालाई बचाउन हामी सबै एकजुट भई अगाडि बढ्नुकाे बिकल्प नरहेकाे बताए ।
कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले विधिकाे शासन अन्तर्गत सबै धर्म , जाति र वर्णलाई समान अधिकार दिनुपर्छ बताए । कार्यक्रममा विभिन्न दलबाट लगभग ६ सय जना जसपा नेपालमा प्रवेश गरेकाे प्रवक्ता पठानले बताए । । केन्द्रीय सदस्य राजकुमार चाैधरीकाे संचालनमा लुम्बिनी प्रदेशका भाैतिक याेजना एवं पुर्वाधार मन्त्री सहसराम यादव , प्रदेश अध्यक्ष असाेक यादव , प्रदेश उपाध्यक्ष अब्दुल रसिद खाँ, प्रदेश सदस्य राइस शाह, पुर्व मन्त्री दान बहादुर चाैधरी , जसपा नेपालका केन्द्रीय सदस्य नारायण खनाल, शैलेष प्रताप शाह ,मायादेवी गाउंपालिका अध्यक्ष बजरंगी चाैधरी ,जसपा नेपालका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव, रामकुमार गुप्ता लगायत जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु जिल्ला कार्य समिती सदस्य तथा सर्वसाधारणहरुकाे बाक्लाे उपस्थिति रहेको थियाे।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker