चार महिनामै लुम्बिनी प्रदेशको डि,आई,जि को सरुवा

गृह मन्त्रालयले लुम्बिनी प्रदेशका डीआईजी मुकुन्दराज आचार्यको सरुवा गरेको छ । आचार्यलाई चार महिनामै हटाइएको छ । उनले २०७८ असार ७ मा लुम्बिनी प्रदेशको कमाण्ड लिएका थिए । लुम्बिनीमा डीआईजी प्रकाश अधिकारीलाई सरुवा गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकारीले बताए । आचार्यलाई भने लागु औषध नियन्त्रण ब्यूरोमा सरुवा गरिएको छ ।आचार्यको कार्यसम्पादन कमजोर देखिएको प्रहरी प्रधान कार्यालयले गरेको छानबिनबाट देखिएको छ । आचार्यले गलत नियत राखेर कारबाही गरेपछि तत्कालीन ईलाका प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिमका इन्स्पेक्टर कपिल वाग्लेले मृत्यु रोजेको आरोप छ । साउन २५ मा मोटरसाइकलमा ठोक्किएर वाग्लेको मृत्यु भएको थियो । आईजीपीको सचिवालयमा कार्यरत डीआईजी वसन्त कुमार लामालाई प्रबन्ध निर्देशनालयमा सरुवा गरिएको छ ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker