बन्दाबन्दीको ५४ दिन, २५ जिल्लामा फैलियो कोरोना, २६७ जनामा संक्रमण, पर्सामा सर्वाधिक ८९ जना, ३६ जना भए निको

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस नेपालमा पनि तीव्र बन्दैछ । शुक्रबारसम्मको विवरणमा २६७ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालका ७७ मध्ये २५ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा धेरै संक्रमित पर्सामा फेला परेका छन् । भाइरसको संक्रमण फैलन नदिन सरकारले देशभर बन्दाबन्दी घोषणा गरेको पनि ५४ दिन भैसकेको छ । यो बीचमा जम्मा ८७ हजार व्यक्तिको नमूना परीक्षण गरिएको छ ।

शुक्रबार रातिसम्मको विवरण यसप्रकार छः

पर्साः ८९ जना

कपिलवस्तुः ३९ जना

बाँकेः ३३ जना

रुपन्देहीः २८ जना

उदयपुरः ३३ जना

काठमाडौंः ९ जना

धनुषा, कैलालीः ४ जना

रौतहट, बारा, दाङः ३/३ जना

बाग्लुङ, चितवन, झापा, महोत्तरी, भक्तपुर: २/२ जना

धादिङ, बर्दिया, भोजपुर, कञ्चनपुर, नवलपरासी (पश्चिम), सप्तरी, सर्लाही, पूर्वी नवलपरासी, मकवानपुर: १/१ जना

शुक्रबारसम्म पिसिआर विधिबाट २३ हजार ९ सय १४ जनाको नमूना परीक्षण गरिएको छ भने आरडिटीबाट ६३ हजार ८५ जनाको परीक्षण गरिएको छ ।

देशभरीका विभिन्न अस्पतालमा २ सय ६७ जना आइसोलेसनमा उपचाररत छन् । हालसम्म कर्णाली प्रदेश कोरोनामुक्त रहेको छ । देशभरीका क्वारेन्टाइनमा १५ हजार ६ सय ८३ जना रहेका छन् ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker