कपिलवस्तु नगरपालिका वडा नं.१ को आर्थिक सहयोगमा ४५ दिने ब्युटीपार्लर तालिम सम्पन्न

इमरान खान – कपिलबस्तु : कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोगमा ४५ दिने ब्युटीपार्लर तालिम सम्पन्न भएको छ । पुजा पार्लर तथा डल प्रशिक्षण केन्द्र तौलिहवामा २०७८/०७/२३ देखि शुरू भएको तालिम २०७८/०९/०९ गते कपिलवस्तु नगरपालिकाका वडा सचिव सुभाष गौतम र वडा सदस्य विष्णु प्रसाद बारीबाट टिकालगाई प्रमाण पत्र वितरण गरेका थिए । उक्त ब्युटीपार्लर तालिममा १२ जनाको सहभागिता रहेको थियो । तालिम लिए पश्चात पुजा तेली लगायत सहभागी सम्पूर्णले कपिलवस्तु नगरपालिका वडा नं.१ ले हामी केटीहरुलाई एउटा शिप सिकाइ रोजगारीको अवसर सिर्जना गराउनु भएकोमा वडा अध्यक्ष सुदिप पौडेल र वडा सचिव सुभाष गौतम लाई धन्यवाद टक्र्याएका थिए ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker