ईन्सपेक्टर लामिछाने को स्ट्रिङ अपरेश;अवैध लागुऔषध सहित चार जना पक्राउ

सुरेश परियार

रुपन्देही : इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक जिवन लामीछाने अपराधिक रुपमा हुने क्रियाकलापको विरुद्धमा कडा रुपमा प्रस्तुत भएका छन् ।

रन्यौरा प्रहरीमा प्रमुखको रुपमा सरुवा भएर आएका लामीछानेले महिना दिन नपुग्दै अवैध रुपमा हुने क्रियाकलापलाई नियन्त्रण एवं निरुसाहित पार्न विशेष योजनाका साथ अघि बढेको पाईएको हो ।

ईन्स्पेक्टर जिवन लामीछानेको कमाण्डमा खटिएको टोलीलले पुष १२ गते ठुलो परिमाणमा अवैध लागुऔषध, नगद सहित ३ जनालाई पक्राउ गरि कानुनी उपचार अघि बढाएको छ ।

विशेष सुचनाको आधारमा रुपन्देहीको गैडहवा गाउँपालिका वडा न.९मा रहेको एक घरका कोठाहरु खानतलासी गर्दा ब्राउन सुगर जस्तै देखिन १५ ग्राम लागुऔषध, नगद रु ६५ हजार ५ सय, तौल गर्ने डिजिटल तराजु, ३ थान मोवाईल सहित ३ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको हो ।

पक्राउ पर्नेमा गैडहवा गाउँपालिका वडा न.९ बस्ने बर्ष २९का नारायण क्षेत्री, गैडहवा वडा नं. ८ बस्ने बर्ष २० को रेसम पुन र सोही ठाउँ बस्ने बर्ष १९ को सुजन पुन रहेका छन् ।

यस्तै,इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक जिवन लामीछानेकै कमाण्डमा खटिएको टोलीले सैनामैनाबाट अवैध लागुऔषध सहित एक जनालाई हिजो (बुधबार) पक्राउ गरेको छ ।

विशेष सुचनाका आधारमा सैनामैना वडा न.१ बस्ने वर्ष अन्दाजी २२का सागर के.सीको घरबाट २ ग्राम ७० मिलिग्राम अवैध लागुऔषध बरामद गरिएको हो ।

थप अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय बुटवल पठाईएको रन्यौरा प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker