झडपमा घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको निधन

मोरङ । मोरङको लेटाङमा स्थानीय र प्रहरीबीच भएको झडपमा घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ ।

प्रहरीले झडपका क्रममा उनीमाथि धारिलो हतियार प्रहार भएको बताएको थियो । उनलाई उपचारका लागि लगिएकोमा कोशी अञ्चल अस्पतालले मृत घोषणा गरेको मोरङ प्रहरीले जनाएको छ ।

लेटाङ-५ खेरुवाको शिक्षा विकास माविकी छात्रालाई सोही विद्यालयका शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी र अभिभावकले दिनभर विद्यालय परिसरमा नाराबाजी र आगजनी गरेका थिए ।

शिक्षकलाई आक्रमण गर्न खोज्ने स्थानीय र आक्रमणबाट रोक्ने प्रहरीबीच आइतबार दिनभर झडप भएको थियो । भिडले शिक्षकले प्रयोग गर्ने मोटरसाइकल आगजनी गर्दै स्कुलमा पुगेको एम्बुलेन्स पनि तोडफोड गरेको थियो ।

आइतबार दिनभर तनाबग्रस्त भएको स्कुलबाट प्रहरीले राति करिब साढे ७ बजे शिक्षकलाई प्रहरी कार्यालय ल्याएको थियो । प्रहरी कार्यालय ल्याउने क्रममा घरेलु हतियारसहित आएको समूहले आक्रमण गरेको थियो ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker