
बुटवल ।जेठ ६,शुक्रबार
बुटवल उपमहानगरपालिका वार्ड नं-१६, मा नेपाली कांग्रेस बिजयी भएको छ ।नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार कृष्ण प्रसाद पौडेल आगामी कार्यकालका लागि निर्वाचित भएका छन् ।उनले एमालेका वडाध्यक्षका उम्मेदवार रामराजा तिवारीलाई २४३ मतान्तरले पराजित गरेका हुन् । सदस्य हरुमा नेपाली काङ्ग्रेसका तर्फबाट कुम बहादुर मर्चाहा,महिला सदस्य विष्णु देवि गैरे सापकोटा, दलित महिला सदस्य बसन्ती बि.क विजयी भएका हुन् भने नेकपा एमाले का सदस्य पदको उम्मेदवार सोमनाथ थारुले एकल जित हासिल गरेका हुन्। वडाध्यक्ष पदमा विजयी भएपछि पौडेल लगायतका विजयी सदस्यहरुले घरदैलो कार्यक्रम गरि शुभकामना आदानप्रदान समेत गरेका थिय।
बुटवलका १४,१८ र १९ मा एमालेले जित हासिल गरेको छ भने अन्य वडाहरुमा १ मा स्वतन्त्र र अरु सबैमा गठबन्धन बिजयी भएको छ।