सशस्त्र प्रहरीका डिआईजि चन्द्र प्रकाश गौतम एआईजि बढुवाका लागि सिफारिस

गौतम उत्कृष्ट छवि भएको प्रहरी वरिष्ठ अधिकृतहरुमा एक हुन्,

सशस्त्र प्रहरी बल, नेपालमा नायव महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश (सीपी) गौतम अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । बलमा रहेको रिक्त एक एआईजी पदमा उनको बढुवा सिफारिस भएको हो ।
गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई सशस्त्र प्रहरी बल, नेपालको नियमावली अनुसार एआईजीमा बढुवा सिफारिस गरेको हो ।
अब, एकसाता उजुरी सुन्ने निकायमा कुनै उजुरी नपरे सरकारले उनलाई एआईजीमा बढुवा तथा पदस्थापन गर्नेछ ।
डीआईजी गौतमले ३ वैशाख २०५२ मा नेपाली सेनाका अधिकृतको रुपमा सेवा प्रवेश गरेका थिए ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker