रुपन्देहीको सैनामैना मा डान्सिङ् एण्ड मोडलिङ् स्टार २०२२ प्रतियोगिता सुरु

एस्.के स्टाईल क्रियशनको आयोजनामा सैनामैना मा डान्सिङ एण्ड मोडलिङ प्रतियोगिता भव्यताका साथ संचालन

रुपन्देहीको सैनामैना मा डान्सिङ् एण्ड मोडलिङ् स्टार २०२२ संचालन भएको छ। सैनामैना नगरपालिका भित्रका सबै पर्यटकीय स्थलको प्रचार प्रसार र सुन्दर सैनामैना बनाउने उद्देश्यले आयोजना भएको यस कार्यक्रम सैनामैनाको मुर्गिया मा अवस्थित ग्लोबल पार्टी प्यालेसमा संचालन भई रहेको छ। सैनामैना डान्सिङ् एण्ड मोडलिङ् स्टार २०२२ काे पहिलो चरणको अडिसन यही जेठ ७ गते सैनामैना -२ मुर्गिया ग्लोबल पार्टी प्यालेसमा सम्पन्न भएको थियोे। मोडलिङ् तर्फ सहभागी १३ जना मध्य ११ जना र डान्सिङ् तर्फ सहभागी ४२ जना मध्य ३६ जना बाकि चरणका लागि छनौट हुन सफल भएका हुन् । कार्यक्रम काे दोस्रो चरणको अडिसन जेठ १० गते मंगलबार का दिन सम्पन्न भएको छ। जेठ ११ गतेबाट निरन्तर मोडलिङ(सुन्दरता) प्रतियोगिताका लागि तालिम संचालन हुने र डान्सिङ् प्रतियोगिताको मेगा अडिसन राउन्ड भने यहि आउदो १४ गते हुने कार्यक्रमका प्रमुख साहिर के.सि ले जानकारी दिए। एस्.के स्टाईल क्रियशन को आयोजनामा हुन गईरहेको उक्त कार्यक्रम को संयोजकत्व गोकुल न्यौपाने ले गरेका छन्।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker