भन्सार छलेर ल्याएको करोडौं को सामान चितवन प्रहरी द्वारा बरामद

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले भन्सार छलेर ल्याएकाे सामान बरामद गरेकाे छ । भरतपुर ३ स्थित नारायणगढ बजारमा भन्सार चोरी पैठारी गरी लु १ ख ९५४५ को ट्रकमा बिभिन्न किसिमको कपडाहरू अवैद्य रुपमा लुकाई छिपाई राखी ल्याई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले साे सामान बरामद गर्न सफल भएकाे हाे ।
ट्रक खोजतलास गर्ने क्रममा जेठ २५ गते बिहान करिव ९ बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १ बालकुमारी चोक स्थित सडक छेउमा ट्रक चेक गर्दा ट्रकमा सिमेन्ट लोड गरेको र उक्त सिमेन्ट माथि अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याई लुकाई छिपाई राखेको करिव सतहत्तर लाख छ हजार आठ सय पचहत्तर बराबरको लत्ता कपडा फेला पारी सामान र ट्रक गरी जम्मा मुल्य करिव एक करोड बाईस लाख छ हजार आठ सय पत्तहर बराबरको सामान आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको अधिकारीले जानकारी दिनुभयाे ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker