नेपाली सेनाका ३ सहायक रथी र ४ महासेनानीको बढुवा

नेपाली सेनाका ३ जना सहायक रथीको उपरथीमा र ४ महासेनानीको सहायक रथीमा बढुवा भएको छ । सैनिक मुख्यालयका अनुसार यही २३ जेठदेखि लागू हुनेगरी उनीहरुको बढुवा र सरुवा नियुक्ति गरिएको छ ।

सहायक रथीहरु दीपककुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकालको उपरथीमा बढुवा गरिएको हो । बानियाँलाई नेपाली सैनिक वार कलेज, दवाडीलाई निरीक्षणाधिकृत विभाग र ढकाललाई युद्ध मद्दती तथा युद्ध सेवा मद्दती फौज विभागमा सरुवा गरिएको छ ।

यस्तै, महासेनानीहरु पदमबहादुर बुढा, पवन खत्री, माधव थापा र सानुकाजी थापाको सहायक रथीमा बढुवा भएको छ । बुुढालाई विपद व्यवस्थापन निर्देशनालय, खत्रीलाई तालिम निर्देशनालय, माधव थापालाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालय र सानुकाजी थापालाई सैनिक इन्टेलिजेन्स कोरमा सरुवा गरिएको छ ।

यस्तै, उपरथीहरु प्रेम शाहीको शोध तथा विकास महानिर्देशनालय र हीरालाल जोशीको पश्चिम कमाण्ड हेडक्वार्टरमा सरुवा भएको छ । महासेनानीहरु शक्तिजंग बस्नेतको नं. ४ बाहिनी अड्डा, द्रव्यराम भण्डारीको नं. १ बाहिनी अड्डा, प्रकाश थापाको नं. २७ बाहिनी अड्डा, मनोज थापाको नं. ५ बाहिनी अड्डा, राजाराम बस्नेतको सैनिक संगठन निर्देशनालय, दिरेन्द्र कुमार मल्लको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सरुवा भएको छ ।

यस्तै, महासेनानीहरु चुलेन्द्र बहादुर थापाको निरीक्षण निर्देशनालय, युवराज कार्कीको नं. २ बाहिनी अड्डा, पूर्णप्रसाद ढकालको हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालय, भूमिभक्त बरालको सैनिक तालिम महानिर्देशनालय र अन्जन केशर खत्रीको रणनीतिक अध्ययन तथा योजना निर्देशनालयमा सरुवा भएको छ ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker