फुर्सदमा घरभित्रै क्वालिटी टाइम

घरभित्रै सीमित दिनचर्यालाई रोचक बनाउन थुप्रै सिर्जनशील काम गर्न सकिन्छ । जसले दैनिकीलाई पट्यारलाग्दो नभई रोचक बनाउन मद्दत गर्न सक्छन् । र, व्यस्त रहँदा नकारात्मक सोच र चिडचिडापनले पनि सताउँदैन । तपाईंको दैनिकी सहज बनाउन मद्दत गर्ने केही सामान्य काम :

घरको रङरोगन
घरका पर्खाल, भित्ता, गेट र ढोकाको रङ उडेको हुन सक्छ । व्यस्त दिनचर्यामा रङ लगाउन अफिसबाट छुट्टि नै लिनुपर्छ । अहिले फुर्सदको समयलाई घरको रङरोगनमाा उपयोग गर्न सकिन्छ ।

हाम्रो समाजमा गृहिणीले बिरलै आराम पाउँछन् । त्यसैले, अहिलेको फुर्सदिलो समयमा पुरुषले महिलालाई पालो दिन आवश्यक छ । यसले परिवारमा सौहार्द वातावरण सिर्जना गर्छ ।

वाल पेन्टिङ
घरका भित्तामा प्राकृतिक दृश्य पेन्टिङ गर्ने लहर नै चलेको छ, अहिले । सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूले पनि त्यसको पुष्टि गर्छन् । अन्य सजावटका सामानभन्दा ‘नेचुरल पेन्टिङ’को ट्रेन्ड बढ्दो छ । चरा, रूख, खोलानालाजस्ता प्राकृतिक बस्तुलाई घरका भित्तामा उतार्ने गरिएको छ । चित्रकलामा रुचि भएकाहरूले यो समयलाई वाल पेन्टिङमा पनि उपयोग गर्न सकिन्छ ।

किचेन गार्डेनिङ र कौसीखेती
दैनिक उपभोग हुने तरकारी खरिद गर्दा कोरोना संक्रमणको जोखिम हुने गर्छ । त्यसैले आफ्नै करेसाबारी र कौसीमा तरकारी फलाउने उपयुक्त मौका हो यो । संक्रमणको जोखिमबाट पनि यसले बचाउँछ । फुर्सदको समय बगैँचा वा करेसाबारीमा लगाउन सके दोहोरो फाइदा हुन्छ । लकडाउनको समय सदुपयोग हुने र अर्गानिक तरकारी पनि खान पाइने । साथै, प्रकृतिसँग नजिकिँदा शरीरमा सकारात्मक ऊर्जासमेत बढ्छ । तरकारी खेतीले केही हदसम्म घरभित्रबाट निस्किने फोहोरमैलाको समेत व्यवस्थापन हुन्छ ।

महिलालाई घरायसी कामबाट ब्रेक दिने
हाम्रो समाजमा गृहिणीले बिरलै आराम पाउँछन् । अफिसको काम सकेर पनि उनीहरूले घरायसी काममा व्यस्त रहनुपर्छ । चाडपर्वमा त उनीहरूको व्यस्तता झनै चर्को हुन्छ । त्यसैले, अहिले फुर्सदको समयमा पुरुषले महिलालाई पालो दिन आवश्यक छ । यसबाट परिवारमा सौहार्दपूर्ण वातावरण कायम हुन्छ ।

हाम्रो समाजमा गृहिणीले बिरलै आराम पाउँछन् । त्यसैले, अहिलेको फुर्सदिलो समयमा पुरुषले महिलालाई पालो दिन आवश्यक छ । यसले परिवारमा सौहार्द वातावरण सिर्जना गर्छ ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker