सिन्धुपाल्चोक पहिरो : एक महिलाको शव फेला, २३ जना अझै बेपत्ता

सिन्धुपाल्चोक । लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ ।नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताए । ‘ठूलै मानवीय क्षति भएको हुनसक्ने खबर सुनेर घटनास्थलतर्फ जाँदैछु’, शेर्पाले भने । उनले पहिरोमा अझै २३ जना बेपत्ता भएको जानकारी दिए । उनका अनुसार दुई जनाको उद्धार गरिएको छ ।

इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा सात घरका १७ जना बेपत्ताको सूची निकालिएको जानकारी दिए । नागपुजेमा कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ ।

यता सिन्धुपाल्चोकका प्रहरी डिएसपी प्रकाश सापकोटाले घटनास्थलतर्फ जनपद र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जानकारी दिएका छन् । पहिरोस्थल सदरमुकाम चौताराबाट करिब ५० किलोमिटरको दूरीमा पर्छ । घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।

पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक आउँदै छन् । सभामुख सापकोटा त्यसतर्फ प्रस्थान गरेको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको छ ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker