नेपालमा थप ९ जनाको मृत्यु , कोरोनाबाट मृत्यु हुनेको संख्या ३४५ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ३ जना महिला र ६ जना पुरुष रहेका छन् ।मृत्यु हुने महिलामा काठमाडौँका ६५ बर्षिय दुई महिला छन् भने कास्कीकी ४५ बर्षिय महिला रहेका छन् ।

त्यस्तै मृत्यु हुने पुरुषमा मोरङका ६९ बर्षिय, काठमाडौँका ५९ बर्षिय दुई जना, ६४ र ७० बर्षका एक एक जना गरि चार जना तथा सिन्धुपाल्चोकका एक जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker