एसपी केसिले फेरि गरे अर्को अप्रेसन :१ ट्रक सहित २९ लाख ३३ हजार मूल्य बराबरको अवैध मालसामान बरामद ।।

एसपी केसिले फेरि गरे अर्को अप्रेसन :१ ट्रक सहित २९ लाख ३३ हजार मूल्य बराबरको अवैध मालसामान बरामद ।।

भदौ २९गते सोमबार,

पश्चिम् नवलपरासी प्रहरी प्रमुख एसपी अजय केसिले जिल्ला आए देखि तस्कर विरुद्ध खरो रुपमा उत्रेका छ्न।मेरो कार्यकाल तस्करी गरेर जीवन पालन गर्छु र समाजिक जिवनमा बिकृती फैलाउछु भन्ने कोइ सोचेको छ भने नठाने हुन्छ , एसपी केसिले नेपाल र भारत सिमानाका खुल्ला रहेको बिगत देखि केही तस्कर हरुको समूह एक दमै सक्रिय रुपले अबैध मालसमान आयत र निर्यात गरेको हुदा उनीहरुको जड आफनै कार्यकालमा तस्करी न्यूनीकरण शून्य अवस्थामा ल्याएर नै छाडने प्रतिबद्धता समेत जाहेर गर्नु भएको छ। एसपी केसिले तस्करहरु विरुद्ध खरो रुपमा प्रस्तुत हुदा तस्करहरुको भागाभाग र अर्को जिल्लाको नाका तिर पलाएन भएको समेत देखिन्छ। त्यसैगरी एसपी केसिको बिशेष निर्देशन मैइ अवैध मटर (केराउ) ओसार-पसारमा संलग्न १ ट्रक सहित अं.२९ लाख ३३ हजार २ सय मुल्य बराबरको अवैध मालसामान जिल्लाको बिभिन्न स्थानबाट बरामद गरेको छ । बिहान ०६:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं. १२ भटौलिया स्थितमा ना ४ ख ४६२५ नं. को ट्रकलाई रोकी चेकजाँच गर्दा उक्त ट्रकमा ४२० बोरामा २१० क्विन्टल (२१ हजार के.जी.) हरियो मटर (केराउ) फेला पारी सोधपुछ गर्दा उक्त मटर (केराउ) संग सम्बन्धित कुनैपनि कागज-पत्र फेला नपरेकोले ट्रक चालक सहित नियन्त्रणमा लिईएको छ । उक्त मटर (केराउ) को अं. मुल्य १६ लाख ८० हजार र ट्रकको मुल्य अं. १० लाख गरी जम्मा अं. २६ लाख ८० हजार मुल्य बराबर रहेको छ । त्यसैगरी आज बिहान ०३:०० बजेको समयमा अं. ८४ हजार मुल्य बराबरको २१ बोरामा १ हजार ५० के.जी.हरियो मटर (केराउ) ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नं. २ चाँदनी चोकबाट बरामद गरेको छ । उक्त मटर वेवरिसे अवस्थामा प्रहरीले बरामद गरेको थियो । त्यसैगरी आजै बिहान १०:०० बजेको समयमा अं. ५० हजार मुल्य बराबरको ६५० के.जी. हरियो मटर (केराउ) जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं.४ बाईपासमा वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको छ । त्यसैगरी आज बिहान ११:३० बजेको समयमा सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले अं. ४४ हजार मुल्य बराबरको १९ बोरामा ५५० के.जी. हरियो मटर (केराउ) पाल्हिनन्दन गाउँपालिका वडा नं. १ शंकरपुरबाट बरामद गरेको छ । उक्त मटर मोटरसाईकलमा राखि नेपालबाट भारत तर्फ लैजादै गर्दा प्रहरी टोलीलाई देखि बोरा फाली मानिस भागेका थिए । त्यसैगरी आज दिउँसो १५:०० बजेको समयमा अं. ५४ हजार मुल्य बराबरको १४ बोरामा ६७५ के.जी. हरियो मटर (केराउ), अं. १३ हजार २ सय मुल्य बराबरको २२० पिस सेण्डो भेष्ट र ८ हजार मुल्य बराबरको ६ वटा सानो ग्याँस सिलिण्डर र ग्याँस चुल्होमा प्रयोग हुने सामानहरु जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं. ७ उजैनीबाट बरामद गरेको छ । आज बरामद सम्पर्ण केराउ, मालसामान, १ ट्रक र १ जना ट्रक चालक समेतलाई आवश्यक कारबाहीको लागि आजै महेशपुर भन्सार कार्यालय पठाईएको नेपाली प्रहरी नायब उपरीक्षक डिएसपी एव सूचना अधिकारी राजु लामाले बताए ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker