राष्ट्रिय लिग खेल्ने अमेरिकाका दुई खेलाडीमाथि डकैती गरेको आरोप

अमेरिकी नेशनल फुटबल लिग(एनएफएल)का दुई खेलाडी ड्यान्ड्रे बेकर र क्विन्टन डन्बरमाथि सशस्त्र डकैती गरेको आतोप लागेको छ। हाल फरार रहेका उनीहरूको फ्लोरिडा पुलिसले खोजी गरिरहेको छ।

ड्यान्ड्रे र क्विन्टनमाथि झन्डै १२ हजार डलर नगद र २५ हजार डलरसम्म पर्ने घडी हतियार देखाएर लुटेको आरोप छ।

हालसम्म दुबैजना पक्राउ परेका छैनन्।

फ्लोरिडा पुलिसका एक प्रवक्ताले ती खेलाडी राष्ट्रिय फुटबल लिग र एक खेलाडीको वकीलसँग सम्पर्कमा छन्।

उनीहरुले पार्टी खान गएको घरमा लुटपाट गरेको जनाइएको छ।

पार्टीमा पाहुनाहरु तास र भिडियो गेम खेल्दै गर्दा उनीहरु बिच झगडा भएपछि उक्त घटना भएको पुलिसको पक्राउपुर्जीमा उल्लेख छ।

राष्ट्रिय फुटबल लिगले यस घटनाबारे कुनै टिप्पणी गरेको छैन।

न्यु योर्क जाइन्ट्सले जारी गरेको विज्ञप्तिमा उनीहरू ड्यान्ड्रे बेकरसँग सम्पर्कमा रहेको बताएका छन्। तर यसमा पनि कुनै खास टिप्पणी भने दिएको छैन्। सिएटल सिहाक्सका अनुसार उनीहरु अवस्थाबारे सचेत छन् र थप सूचना संकलन गर्दैछन्।

दुबै खेलाडी आ-आफ्नो टिमका लागि कर्नरब्याक्सका रूपमा खेल्छन्।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker