एसपी केसिले तस्कर विरुद्ध खरो उत्रिदा साढे चार महिनामै २करोड ४०लाख २९हजार८सय ८मूल्य बराबरको अबैध मालसमान बरामद ।। ================================

असोज १०गते शनिबार

पश्चिम नवलपरासी प्रहरी प्रमुख एसपी अजय केसिले जिल्लामा आए लगतै अबैध काम गर्ने माथी धमाधम एक्सन चाल्न शुरु गर्ने भएको छ।बेला बेला भारतबाट नेपाल तर्फ अबैध रुपमा नियार्त गर्ने गिरोह सक्रिय रहेको खबर सार्वजनिक हुँदै आएको थियो। एसपी केसि कै सक्रियतामा करिब साढे चार महिनामा २ करोड ४०लाख २९ हजार ८ सय ८ मुल्य बराबरको भन्सार छली बिभिन्न अवैध मालसामान बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाईएको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट यश अवधीमा २करोड २८लाख १५हजार ९सय ६८मूल्य बराबरको भन्सार छली विभिन्न अबैध मालसामान (हरियो केराउ ,छोहाडा, मरिच ,खाद, हार्डबेयरको समान,कपडा ,मोबाईल लगायतका इलोक्ट्रानिक समान, सवारी साधन पार्ट पुर्जा आदि ) बरामद गरि आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बुझाइएको छ।त्यसै गरि ३लाख २३हजार ८सय ४०मुल्य बराबरको अबैध काठ बरामद गरि आवश्यक कार्वाहीको लागि समबन्धित डिभिजन वन कार्यालय बुझाइएको छ, भने नदिजन्य पदार्थको अबैध उत्खननमा सग्लन ३०वटा ट्रेकटर ,१टिपर र ४वटा स्काबेटर समेत पक्राउ गरि आवश्यक कार्यवाहीको लागि समबन्धित स्थानीय तहमा बुझाइएको छ , जसबाट ८लाख ९०हजार मूल्य बराबर राजस्व संकलन भएको छ। त्यसगरी आज बिहान प्रहरीले गस्ती गर्ने क्रममा २लाख ४७हजार ४सय मूल्य बराबरको मोबाइल र कपडा समेत अबैध मालसामान बरामद गरेको छ।यसरी यस अवधिमा अवैध मालसामान,अवैध काठ र अवैध नदीजन्य पदार्थ उत्खनन् कारवाही गरी कुल जम्मा २ करोड ४० लाख २९ हजार ८ सय ८ मुल्य बराबरको राजश्व दाखिला भएको प्रहरी नायब उपरीक्षक डिएसपी राजु लामाले बताए ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker