
दलित समुदायको हक अधिकार एबं जातिय समानताका निम्ति स्थापना गरिएको दलित संजाल सैनामैनाले संगठन सकृयतालाइ बढाएको छ ।
संजालको आज सम्पन्न नियमित भेला मार्फत विभिन्न समिति बिस्तार गरेको हो । संजालका अध्यक्ष सुरज बरालको अध्यक्षतामा भएको कार्यक्रममा संजाललाइ दिगो बनाइ अघि बढाउनका लागी दलित समुदायको हक अधिकारका निम्ति विभिन्न समयमा योगदान गरेका अग्रजहरुलाइ समेत समेटेर अघि बढेको हो, जस अन्तर्गत आज संरक्षक समिति गठन गरिएको छ । जसमा खिम बहादुर विक, रामनाथ हरिजन, तिलक नेपाली, युवराज बिक,प्रेम सुनार, सिता गौतम,निल बहादुर विक, यम बहादुर पटेल रहनुभएको छ । यस्तै २९ सदस्यीय कार्य समिति मार्फत ११ सदस्यीय सचिवालय समिति समेत चयन गरिएको छ । जसमा सुरज बराल, कुमार नेपाली, अम्बिका परियार,सुरेन्द्र परियार,राम बिश्वकर्मा, माया रसाइली, अस्मिता विक,टेक बहादुर विक, केशव बिश्वकर्मा,जयलाल विक, निम बहादुर नेपाली रहनुभएको छ । सोही भेलाबाट, संस्थाको प्रेस सल्लाहकारमा पत्रकारहरु अनिल पहाडि र सुरेस परियारलाइ मनोनित गरेको छ ।
सो अबशरमा संजालले स्थापना संगै संस्था दर्ताका निम्ति तयार पारेको बिधान मस्यौदा प्रतिबेदन समेत हस्तान्तरण गरिएको छ । बिधान मस्यौदा प्रतिबेदन उपसमिति संयोजक अम्बिका परियारले अध्यक्ष बराललाइ सो प्रतिबेदन हस्तान्तरण गर्नुभएको हो । यसअघि, सो बिधान मस्यौदा प्रतिबेदन माथी, सैनामैनाका सबै वडामा सुझाव राय का निम्ति अन्तरक्रिया गरि संकलन गरिएको थियो । सो अबशरमा बोल्ने बक्ताहरुले दलित समुदायको हक अधिकार र राज्यको मुल प्रवाहमा दलित समुदायको न्यायोचित पहुचका निम्ति लाग्नुपर्ने बताए । उनिहरुले, सैनामैनामा बिगतका दिनहरुमा विभिन्न नाममा दलितका संस्था स्थापना भएपनि दिगो बन्न नसकेको तर्फ इंकित गर्दै अब बन्दै गरेको यो संजालले सबैको सर्बपक्षिय एकता सहित नगरमा क्रियाशिल हुनुपर्नेमा जोड दिए । कार्यक्रममा दलित अगुवा रामनाथ हरिजन, सल्लाहकार सन्तोष परियार, जनप्रतिनिधि राम बहादुर विक, उपाध्यक्ष कुमार नेपाली, पत्रकार सुरेश परियार, अनिल पहाडी, लगायतले बोलेका थिए ।
संजालका अध्यक्ष सुरज बरालले भेलामा आएका जिज्ञासाहरुप्रति बोल्दै, छोटो समयमा दलित संजाल सैनामैनालाइ सबैको साथ सहयोग मिलेको बताए । उनले अब, संस्थालाइ छिटै आधिकारीक रुपमा स्थानिय तहमा दर्ता गरि काम गर्ने बताए । दलितका सवालमा नगरपालिकामा के कस्तो व्यबस्था कार्यान्वय भएको छ छैन वा त्यसको अगुवाइ समेत संजालले गर्ने गरि कार्य गर्ने बताउदै, छोटो समयमा भएका गतिबिधि बारेमा जानकार दिए । कोषाध्यक्ष माया रसाइलीले कोष प्रतिबेदन प्रस्तुत गरिन् ।
सैनामैना ८ बासगढीमा भएको सो कार्यक्रम संजाल उपाध्यक्ष अम्बिका परियारको स्वागत तथा सचिब सुरेन्द्र परियारको संचालनमा सम्पन्न भएको हो ।