नेकपाका पुर्ब वडा सदस्य सहित २ सय भन्दा बढी नेपाली कांग्रेसमा प्रबेश

२० कार्तिक,रुपन्देही
रुपन्देहीमा नेकपाका पुर्व वडा सदस्य तथा गाउ समितिका पार्टी सदस्य झप्पर मल्लाह सहित २ सय भन्दा बढी नेपाली कांग्रेसमा प्रबेश गरेका छन । नेपाली कांग्रेस,रुपन्देही क्षेत्र नं. ५(क)को आयोजनामा आयोजित दीपावली तथा छठ पर्वको शुभ अवसरमा शुभकामना तथा पार्टी प्रबेश कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहित अन्य राजनैतिक दलहरुमा क्रियाशिल ब्यक्तिहरु नेपाली कांग्रेसमा प्रबेश गरेको नेपाली कांग्रेसका मन बहादुर थापाले जानकारी दिएका छन ।पार्टी प्रबेश तथा शुभकामना कार्यक्रममा नेपाली कांग्रेसमा प्रबेश गरेका नेता तथा कार्यर्ताहरुलाई सम्बोधन गर्दै रुपन्देही क्षेत्र नं. ५ का सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य भरत कुमार शाहले अवको चुनावी मुद्धा भनेको आत्म निर्भरता र रोजगारीको बिषय रहने र यदि नेपाली कांग्रेसलाई आगामी चुनावमा बहुमत सहित बिजय बनाए बिकासको दोश्रो चरण अर्थात आत्म निर्भरता र रोजगार सहितको बिकास हुने बताएका छन । सांसद शाहले यदि जनतामा चेतना स्तर छैन,कुनै रोजगार छैन र आत्म निर्भर बन्ने कुनै आधार छैन भने आफ्नो घर अगाडी चिल्लो सडक र घर माथी बिजुलीको तार भएपनि जसले उपयोग गर्नु पर्ने हो उनिहरुले उपयोग गर्न नपाए त्यसले कुनै समृद्धि ल्याउन नसक्ने बताएका छन ।
संघिय संसदको लेखा समितिका सभापति समेत रहेका सांसद शाहले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को बहुमतको सरकारले जनताले तिरेको करबाट संकलित रकमलाई बिकासको नाममा आफ्ना नेता कार्यकर्ताको भरण पोषणमा ब्रम्हलुट गरेको आरोप लाएका छन । कोभिड १९ बाट प्रताडित जनताको स्वास्थ्य सुरक्षाको नाममा अरबौं रकम घोटला गरेको,जनताको स्वास्थ्य उपचारको जिम्मेवारीबाट पन्छिएर आफ्ना नेता कार्यकर्ताहरुलाई समृद्ध नेपाल सुखी नेपालीको महत्वाकांक्षी भजन गाउन लगाएको तर परिणाममा तयसको ठिक उल्टो समृद्ध नेता सुखी कार्यकर्ता बनाउन उद्धत रहेको सांसद शाहले बताएका छन ।
नेपाली कांग्रेस रुपन्देही जिल्ला उपसभापति फणिन्द्र शर्माले हिजोको समयमा जस्तो कुनैपनि जनता कुनै लोभ र भुलभुलैयामा परेर कसैलाई मत नदिने बताउदै पार्टीको ब्यबहार र जनता प्रतिको बफादारिताको आधारमा दल र नेताको चयन गर्ने भएकोले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले गएको चुनावमा पाएको बहुमतलाई दुरुपयोग गरेको हुदा हिजो नेकपालाई मत दिएका मतदाताहरु नेपाली कांग्रेसमा प्रबेश गर्ने लहर चलेको बताएका छन।यस्तै नेपाली कांग्रेसका युवा नेता बिष्णु पोख्रेलले आगामी चुनावमा नेपाली कांग्रेसको जितलाई नेकपाको बहुमत सरकारले नै सुनिश्चित गराएको बताएका छन। नेता पोख्रेलले नेकपाको बहुमतको सरकार निर्माण भएसंगै जनतालाई बिर्सिन थालेको र चुनावको समयमा आफुले गरेको बाचा छल मात्र भएको प्रमाणित भइसकेकोले बर्षौं देखि नेकपाको झण्डा बोकेर हिडेका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश हुने कार्य निरन्तर भइरहेको बताएका छन ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को तर्फबाट स्थानिय चुनावमा वडा सदस्यमा निर्वाचित भएका झप्पर मल्लाहले नेपाली कांग्रेसमा प्रबेश गर्दै अहिले सम्म नेकपा सर्बहारा पार्टीको नाममा सर्बहारा जनतालाई ठग्ने र जसले चाकडी र चापलुसी गर्छ उसैलाई मात्र पार्टीको सदस्य देख्ने गरेको र जनताको चाहना अनुरुप कुनै पनि काम नगरेको हुदा आफुहरु नेपाली कांग्रेसमा प्रबेश गरेको बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस सैनामैना नगर सभापति राम प्रसाद अधिकारी,क्षेत्रिय सभापति वसीउल्लाह मुसलमान,नेपाली कांग्रेस कञ्चन गाउ समितिका उपसभापति यम बहादुर क्षेत्री,नेपाली कांग्रेसका युवा नेता चुडामणि पौडेल लगायतले शुभकामना मन्तब्य सहित पार्टीमा प्रबेश गरेका नेता कार्यकर्ताहरुलाई स्वागत गरेका थिए । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ (क)का सभापति राम बहादुर थापाको अध्यक्षता तथा सचिव सतिा पाण्डेको स्वागतमा सम्पन्न कार्यक्रमको संचालन नेपाली कांग्रेस,कञ्चन १ नं. वडा समितिका सचिव चित्र तुलाचनको संचालनमा कञ्चन १ को हात्ती बजारमा सम्पन्न भएको हो ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker