एसपी अधिकारीले गरे अबैध कारोबारी माथी अप्रेसन।।

पश्चिम् नवलपरासी सशस्त्र प्रहरी बल नेपाल गण न:२६सशस्त्र प्रहरी प्रमुख महेश अधिकारीले सिमा नाकातिर कडा निगरानी बढाएका छ्न्। त्यसैगरी जिल्ला मातहत रहेको बिओपी युनिट इन्चार्जहरुलाई तस्कर बिरुद्ध खरो उत्रिन एसपी अधिकारीले निर्देशन समेत दिएका छ्न। एसपी अधिकारी कै बिशेष निर्देशनमा पश्चिम नवलपरासी पाल्हिनन्दन गाउँपालिका-३, बेलासपुर स्थित सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि.हरपुरबाट खटिई मोबाईल टोलीले चेकजाचँ गर्ने क्रममा भारतको जिल्ला महाराजगजं ठुटीबारी बजारबाट नेपाल तर्फ आउदै गरेका जिल्ला महाराजगंज ठुठीबारी ग्रामपंचायत -४,बर्ष २४ को हरि दर्शन बनिया र ऐ.ऐ वतन बताउने बर्ष ४० को बिनोद बनियालाई निजहरुको पाईन्ट भित्र पिडुला र कम्मरमा ईलास्टिक बेल्टले बाधेर तथा अण्डरवयर भित्र लुकाई छिपाई ल्याएको अवस्थामा श्रोत नखुलेको अवैध रकम नेपाली रुपैयाँ १६,००,०००।- (अक्षररुपी सोह्र लाख) नगद र निजहरुले प्रयोग गरेको सामसुङ्ग कम्पनीको सादा मोबाईल सेट (सिम सहित)२ थान बरामद गरी आवश्यक कारवाही को लागि राजस्व अनुसन्धान कार्यालय, रुपन्देही बुटवल मा बुझाएको नेपाल सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी माधव रेग्मीले बताए ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker