प्रहरीलाई अर्को सफलता ; १९ बर्षदेखी फरार हत्याका ३ आरोपी पक्राउ

लमजुङका प्रहरीले हत्याका आरोपी ३ जनालाई १९ बर्षपछि पक्राउ गर्न सफल भएको छ । प्रहरीले बिशेष अभियान मार्फत दुधपोखरी–५ कोल्की घरभई फरार रहेका हत्याका आरोपीलाई पक्राउ गर्न सफल भएको हो ।१९ बर्षअघि २०५९ असोज ३० गते दशैंको टिकाको दिन हिमालय माध्यमिक विद्यालय परिसरमा आपसी विवाद पछि भएको कुटपिटबाट कोल्कीका २८ बर्षिय भिमबहादुर गुरुङको हत्या भएको थियो । भिमबहादुरको हत्यापछि फरार रहेका हत्याका आरोपी स्थानीय ४१ बर्षिय मनबहादुर गुरुङ, बर्ष ४५ का धनबहादुर गुरुङ, ४६ बर्षका धनराज गुरुङलाई प्रहरीले पक्राउ गरेको आईतबार जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरिक्षक गंगाबहादुर थापाले बताउनु भयो ।
प्रहरीले मंसिर ११ गते मनबहादुर गुरुङलाई आफ्नै गाउँ कोल्किबाट, धनराज गुरुङलाई चितवन भरतपुरबाट र धनबहादुर गुरुङलाई कोल्कीस्थित आफ्नै गाउँबाट मंसीर १३ गते पक्राउ गरेको हो । घटनाका बेला मनबहादुर २३, धनराज २८ र धनबहादुर २७ बर्षका थिए । घटनापछि उनीहरु कहिले भारत त कहिले देशकै विभिन्न स्थानमा लुकीछिपी बसेपनि प्रहरीको बिशेष अपरेशनबाट उनीहरु पक्राउ परेका हुन् ।
पक्राउपछि आरोपीहरुलाई अदालतबाट म्याद थपगरी प्रहरीले अनुसन्धान गरिरहेको रहेको छ । अनुसन्धान पश्चात ज्यान सम्बन्धि कसुरमा मुद्धा दर्ता गर्ने तयारी गरिएको प्रहरी नायब उपरिक्षक थापाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker