
महामारीले विश्व आक्रान्त परेको बेला नेप्लिज कम्युनिटी सोसाईटी अफ क्यालगेरीले आफ्ना नियमित कार्यक्रम र गतिविधिले देशबाट हजारौं माइल्स टाढा पनि नेपाल आमाको सिर ऊँचा गर्नमा कुनै कसर बाँकी राखेको छैन। विश्वका सयौं देशका नागरिक र हजारौं प्रकारका संस्कृति समावेश भएको देश क्यानाडाको क्यालगेरी शहरमा नेप्लिज कम्युनिटी सोसाईटी अफ क्यालगेरी (एन. सी. एस. सी. ) ले आयोजना गरेको रक्तदान कार्यक्रमले सम्पूर्ण नेपालीहरुको छविलाई थप ऊँचाईमा पुर्याएको छ।
गत २८ नोवेम्बरमा आयोजित रक्तदान कार्यक्रममा नेपाली मुलका नागरिकका साथसाथै अन्य देशका नागरिकहरुको समेत सक्रिय सहभागिता रहेको थियो। क्यानेडियन ब्लड सर्विसेजको सहकार्यमा आयोजित रक्तदान कार्यक्रमा १८ जनाको उल्लेखनीय सहभागिता रहेको थियो।
“Together, we are Canada’s line” भन्ने मूल नाराका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा सुरक्षाका सम्पूर्ण प्रावधानको पालना गर्दै उच्च सतर्कता अपनाइएको जानकारी एन.सी.एस.सी. का मिडिया कोअर्डीनेटर सूर्य अधिकारीले जानकारी गराउनु भएको थियो। सम्पूर्ण रक्तदाताहरुलाई एन.सी.एस.सी. का अध्यक्ष समिर पाण्डे र कार्यक्रम संयोजक एन.सी.एस.सी. का युथ कोअर्डीनेटर राजेश शर्माले धन्यवाद ज्ञापन गरेका थिए।