हत्या अभियोगमा फरार महिला १३ बर्ष पछि पक्राउ ,लमजुङ प्रहरीको अर्को सफलता

हत्या अभियोगमा फरार भएकी एक महिलालाई १३ वर्षपछि पक्राउ परेकी छिन् । लमजुङ प्रहरीले ३२ वर्षीया पदमी गुरुङलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीले गुरुङलाई दोर्दी गाउँपालिका ६ सिमी गाउँ (माईती घर) बाट पक्राउ गरी अदालतमा पेस गरेको छ । उनलाई कैद भुक्तान गर्न जिल्ला कारागार चलान गरिएको लमजुङका डिएसपी गंगाबहादुर थापाले बताए ।

आपसी विवादमा तत्कालीन ढोडेनी गाविस ७ हालको दोर्दी गाउँपालिका ६ बस्ने २५ वर्षीया पिचौटी गुरुङलाई १५ वैशाख २०६४ मा ढुंगा तथा दाउरा प्रहार गरी हत्या गरेको ठहर गर्दै जिल्ला अदालत लमजुङले ९ वर्ष ६ महिना २१ दिन कैद सजाय हुने गरी फैसला गरेको थियो ।

तर, उनी सोही समयदेखि फरार भएकी थिइन् । वैदेशिक रोजगारको लागि इराक गएर उतै बसेको र एक महिनाअघि घर आएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker