एसपी केसिले गरे तस्कर माथी ठूलो अप्रेसन अवैध कारोवारमा संलग्न २ वटा गाडी सहित ४४ लाख ६५ हजार मूल्य बराबरको अवैध मालसामान बरामद ।

एसपी केसिले गरे तस्कर माथी ठूलो अप्रेसन अवैध कारोवारमा संलग्न २ वटा गाडी सहित ४४ लाख ६५ हजार मूल्य बराबरको अवैध मालसामान बरामद ।

१३गते मंगलवार ।
पश्चिम् नवलपरासी प्रहरी प्रमुख एसपी अजय केसिले जिल्लामा आए देखि नै तस्कर विरुद्ध धमाधम एक्सन लिएका छन्। सिमा नाका तिर तस्करहरुको लस्कर बिगबिगी भएको सूचना पाए लगतै एस् पी केसिले तस्कर विरुद्ध खरो उत्रिएको बुझिएको छ। जिल्ला मातहत रहेका प्रहरी युनिट इन्चार्जहरु लाइ समेत तस्कर विरुद्ध खरो उत्रिन एसपी केसिले निर्देशन समेत दिएका छ्न्। एसपी केसिले तस्कर विरुद्ध खरो उत्रिदा अहिले सम्म करिब ५ करोड बराबरको राजस्व संकलन भएको छ।अहिले सम्म पश्चिम् नवलपरासी मा कसैले गर्न नसकेका प्रहरी प्रमुखहरु तर एसपी केसि पश्चिम् नवलपरासी आएको करिब ९महिना ५ करोड बराबरको राजस्व संकलन गर्न सफल समेत भएका छ्न। एसपी केसि कै बिशेष निर्देशनमा आज एकै दिनमा अबैध कारोबारमा संलग्न २ वटा चार पांङग्रे गाडी सहित अन्दाजी ४४ लाख ६५ हजार ५ सय ८४ मुल्य बराबरको अवैध मालसामान जिल्लाको बिभिन्न स्थानबाट बरामद गरेको छ । दिउँसो अं.१२:४५ बजेको समयमा जिल्ला नवलपरासी बर्दघाट न.पा.४ बाढीपिडित स्थित भित्री सडक खण्डमा पार्किङ गरी राखेको लु.अ.अ.मा.९२३१ नं. को (ONTEST) कारलाई चेक जांच गर्दा उक्त गाडी भित्र भारतबाट भन्सार छलि अवैध रुपमा ल्याएको MAROTI, Day Time Running Lamp, Grip black steering swift , Wheel arch (y 1 k) लगायतका मोटर पार्टस फेला पारी गाडी सहित ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उक्त मोटर पार्टस सामानको अन्दाजी मुल्य ८४ हजार ६ सय ५० र ONTEST गाडीको अन्दाजी मुल्य ३० लाख गरी जम्मा ३० लाख ८४ हजार ६ सय ५० मुल्य बराबर रहेको छ । बरामद सामान र गाडी आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको छ ।
त्यसैगरी दिउँसो अं. १४:३० बजेको समयमा भारतबाट भन्सार छली अवैध रुपमा लु १ ज ४२७९ नं.को पिकअपमा राखि ल्याउदै गरेको १०४ प्याकेटमा ४१६ पिस टायल सरावल गाउँपालिका वडा नं. ७ मोजरैया स्थितबाट सिमा प्रहरी चौकी महेशपुरको प्रहरी टोलीले गाडी र गाडी चालक सहित नियन्त्रणमा लिएको छ । उक्त टायलको अन्दाजी मुल्य १ लाख २४ हजार ८ सय र पिकअप गाडीको अन्दाजी मुल्य ९ लाख गरी जम्मा १० लाख २४ हजार ८ सय मुल्य बराबर रहेको छ । बरामद टायल,गाडी र गाडी चालकलाई आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।
त्यसैगरी दिउँसो अं. १३:२५ बजेको समयमा भारतबाट भन्सार छली अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको अन्दाजी २ लाख २७ हजार ४ सय ३४ मुल्य बराबरको थान कपडा, धनियाको बिउ, MDM गरम मसला, CLUTCH BEADING MAXIMO लगायतका मालसामान ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं. ७ ज्यामिरेभार स्थितबाट बरामद गरेको छ । उक्त बरामद सामान आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।
त्यसैगरी दिउँसो अं. १३:५० बजेको समयमा भारतबाट भन्सार छली अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको अन्दाजी १ लाख ९ हजार १ सय मुल्य बराबरको (JCB)का बिभिन्न पार्टपुर्जा, थाल ढोकाको कब्जा , Redmi Mobile (३ थान), चिनी, सुर्तीलगायतका मालसामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं. वडा नं. ७ बुलन्दपुर स्थितबाट बरामद गरेको छ । उक्त बरामद सामान आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।
त्यसैगरी बिहान अं. ०५:०० बजेको समयमा भारतबाट अवैध रुपमा ल्याउदै गरेको अन्दाजी १९ हजार ६ सय मुल्य बराबरको ४९ गोटा (९८ केजी) जिउदो बोईलर कुखुरा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले रामग्राम नगरपालिका वडा नं. १६ हकुई स्थितबाट बरामद गरेको छ । उक्त बरामद कुखुरा आजै आवश्यक कारवाहीको लागि महेशपुर पशु क्वारेन्टाईनमा बुझाईएको नेपाल प्रहरी नायब उपरीक्षक डिएसपी एव सूचना अधिकारी राजु लामाले बताए।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker