एसपी अधिकारी एक्सनमा आउदा नवलपरासीमा तस्करी नियन्त्रण

अनोज यादव
शुक्रबार, माघ १६, २०७७

नवलपरासी-लामो समय देखि नवलपरासी जिल्ला लाई तस्करी को अखडाको रुपमा भनेर चिनिने नवलपरासी जिल्लामा अहिले तस्करी नियन्त्रण हुन थालेका छन । केही समय अगाडि सरुवा भई आउनु भएका गणपति महेशअधिकारीको सक्रियताले नवलपरासी मा तस्करी नियन्त्रण हुन थालेको बुझिएको छ ।
गणपति अधिकारी को कडा निर्देशनले नवलपरासी मा सुरक्षा चुस्त दुरुस्त तथा तस्करी नियन्त्रणमा सक्रिय भुमिले खेलेको स्थानियहरुले बताएका छन ।यसै गरि गण अन्तर्गत रहेका सबै युनिटहरु लाई कडा रुपमा निर्देशन दिईएकोले अबैध सामानहरु धमाधम पक्राउ पर्दै गईरहेका छन।यसै गरि सशस्त्र प्रहरी बल नेपाल नं।२६ गण हे।क्वा।पश्चिम नवलपरासीले अवैध सामान बरामद गरेको छ।

गए राति बिशेष सुराकिको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं।२६ गण हे।क्वा।पश्चिम नवलपरासी र मातहत ईकाईहरुबाट खटिएको मोवाईल गस्ति टोलिले सरप्राईज चेकप्वाईन्ट खडा गरी चेकजाच गर्ने क्रममा नवलपरासी जिल्लाको बिभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिईएको बताईएको छ।कुल सामान रु।४¸१९¸५००बराबरको रहेको बताईएको छ ।खासगरि मोटरपार्टस¸ ईलेक्ट्रिक सामान र हार्डवयेरका सामानहरु रहेको बताईएको छ । बरामद गरीएको अबैध सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाईएको गणका सुचना अधिकारी रोशन घिमिरे ले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker