“नियन्त्रित लागू औषध सहित मानिस पक्राउ”

नियन्त्रित लागू औषध सहित मानिस पक्राउ

रोशी गाँउपालिका वडा नं. ०९ बि.पि राजमार्ग सडक खण्डको मङगलटार बजारमा सवारी चेकजाँचमा खटिएको प्रहरी निरीक्षक शेखर खड्काको कमाण्डमा खटिएको चेकिङ टोलीले सवारी साधनहरु चेक जाँच गर्ने क्रममा झापाबाट काठ्माण्डौ तर्फ जादै आउदै गरेको बा.४.ख २२६७ नं. को हायस गाडीमा यात्रा गर्ने यात्रु जिल्ला सप्तरी सुरुङ्गा न.पा वडा नं. १० बस्ने शिव नारायण रामको छोरा बर्ष २२ को धर्मेन्द्र कुमार रामले बोकेको झोलाबाट निम्न परिमाणमा नियन्त्रित लागू औषध एम्पुल फेला पारी रितपुर्बक बरामद गरी कानुन बमोजिम पक्राउ गरी लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान गर्न सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान कार्य भई रहेको व्यहोरा जानकारी गराईन्छ ।
पक्राउ परेका मानिस :-
नाम, थर:- धमेन्द्र कुमार राम
वर्ष:- २२ को
बाबुको नामथर :- नारायण राम
ठेगाना :- जिल्ला सप्तरी सुरुङ्गा न.पा वडा नं. १० बस्ने ।
लागु औषधको परिमाण :-
Diazepam-२५० एम्पुल, Buprenorphine-२४० एम्पुल, Phenergan-२५५ एम्पुल जम्मा : ७४५ एम्पुल ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker